स्वर्गीय टेकबहादुर गुरुङको सम्झनामा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक

पाेखरा | असोज २६, २०८०

स्वर्गीय टेकबहादुर गुरुङको सम्झनामा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक

पोखराः    स्वर्गीय टेकबहादुर गुरुङको स्मृतिमा घान्द्रुक तिख्यानस्थित कुर्लङ्ग बराह आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक वितरण गरिएको छ । 


स्वर्गीय गुरुङको स्मृतिमा उनका छोरा मनिष गुरुङका परिवारले लामा अमृत फाउण्डेशन घान्द्रुकको समन्वयमा आज (शुक्रबार) एक कार्यक्रमकाबीच घान्द्रुक तिख्यान स्थित कुर्लङ्ग बराह आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, पोशाक वितरण गरेको हो ।


कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक तिख्यान स्थित कुर्लङ्ग आधारभुत विद्यालयका ३९ जना विद्यार्थीहरुलाई स्वर्गीय टेकबहादुर गुरुङको स्मृतिमा शैक्षिक पोशाक र शैक्षिक सामाग्री वितरण गरिएको लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले बताए ।


‘विभिन्न समयमा लामा अमृत फाउण्डेशनले विभिन्न स्थान, समाजमा सहयोग गर्दै आएको छ’, गुरुङले भने, ‘स्वर्गीय टेकबहादुर गुरुङका छोराले बुबाको सम्झनामा विद्यालयमा सहयोग गर्ने बाचा अनुरुप फाउण्डेशनको समन्वयमा आज शैक्षिक पोशाकसँगै शैक्षिक सामाग्री वितरण गरिएको हो ।’


उनले अन्य सामाजिक कार्यमा सहभागी भएपनि पछिल्लो समय शैक्षिक क्षेत्रमा पनि फाउण्डेशन मार्फत सक्रियता बढाएको बताए ।


‘कोभिड लगायत प्राकृतिक विपत्तिमा फाउण्डेशनको सहकार्यमा विभिन्न स्थानहरुमा राहत लगायत सामाजिक कार्यमा सहभागी भएको थिए’, उनले भने, ‘शिक्षा नै जिवनको महत्वपूर्ण खुड्किलो हो, शैक्षिक क्षेत्रलाई गुणस्तरीयता बनाउन फाउण्डेशन मार्फत पछिल्लो समय सक्रियता बढाएको छु ।’


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ममिता थापा मगरले विद्यालयको आयस्रोत कम भएकाले भौतिक संरचना निर्माणमा सहयोगको आवश्यकता रहेको बताईन् ।


‘विद्यालयको आयस्रोत कम छ, भौतिक संरचना निर्माण भएपनि विभिन्न किसिमका शैक्षिक सामग्री खरिद गर्न आर्थिक अभाव छ’, प्रधानाध्यापक मगरले भनिन्, ‘ग्रामिण क्षेत्रको शैक्षिक सुधारका लागि फाउण्डेशनको सहयोग हामी सम्झी रहने छौं ।’


कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक तिख्यान स्थित कुर्लङ्ग बराह आधारभुत विद्यालयमा ३९ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । उनीहरुलाई हङकङमा कार्यरत मनिष गुरुङले स्वर्गीय बुबा टेकबहादुर गुरुङ (काजीको काइला)को स्मृतिमा ३९ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री, शैक्षिक पोशाक र शिक्षकहरुलाई शैक्षिक सिकाईका लागि विभिन्न सामग्री लामा अमृत फाउण्डेशन घान्द्रुकको समन्वयमा वितरण गरिएको हो । 
 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्